काठमाडौ १० मंसिर ।
गत अक्टोबरमा अफगानिस्तानको कुन्दुज शहरस्थित एक अस्पतालमा भएको आक्रमण मानवीय गल्ती भएको अमेरिकी सेनाले जनाएको छ ।
अमेरिकी सैन्य जाँचको एक प्रतिवेदनले कुन्दुजस्थित मेडिसिन्स सन्स फ्रन्टियर्सको क्लिनिकमा भएको आक्रमणलाई मानवीय गल्ती भएको ठहर गरेको हो ।
लडाकु विमानका चालक दलले क्लिनिकमा तालिवानले कब्जामा लिएको सरकारी कार्यालय भनेर आक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।
कुन्दुजमा तालिवानी विद्रोहीले कब्जामा लिएका सरकारी कार्यालय फिर्ता लिने अभियानका क्रममा गत अक्टोबर ३ मा अस्पतालमा भएको आक्रमणमा ३० जना नागरिक मारिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline