काठमाण्डौं मंसीर ९ । मधेश आन्दोलनको बहानामा नेपालमा नाकाबन्दी गरेर चरम अमानवीय संकट पैदा गराएको भारतको सत्तारुढ पार्टीका एक सासदले तराईको १५ जिल्ला टुक्रयाएर भारतमा गाभ्नु पर्ने गंभीर अभिव्यक्ति दिएका छन् ।
यस बारे नेपाल सरकारले कुनै औपचारीक प्रतिकृया दिएको छैन ।
भारतको दरभंगामा आयोजिक कार्यक्रममा भारतीय जनता पार्टीका सांसद किर्ती आजादले तराई भारतको पुरानो हिस्सा भएको भन्दै बल प्रयोग गरेर नेपालको तराई क्षेत्र टुक्राएर भारतमा गाभ्नु पर्ने धारणा राखेका हुन् ।
जागरण अनलाईनमा प्रकाशित समाचारमा आजादले दिएको अभिव्यक्तिमा आधारीत समाचार छापिएको छ ।
भारतीय दुतावासले ट्वीटर मार्फत सभासद आजादको अभिव्यक्तिले भारत सरकारको प्रतिनिधित्व नगर्ने भनी प्रतिकृया दिएको छ ।
भारतको सहयोगमा आन्दोलन जारी रहनु, तराईलाई अलग्गै प्रदेश बनाउनु पर्ने कुरा आउनु र भारतीयहरुबाट यस्ता तर्क आउनुले नेपालको राष्ट्रियतामाथि गंभीर संकट देखा परेको भन्दै सचेत रहनु पर्ने बुद्धीजीवीहरुले सुझाव दिएका छन् ।
