तराईका १५ जिल्ला टुक्रायर भारतमा गाभ्नु पर्ने भारतीय सासदको सार्वजनिक घोषणा

तराईका १५ जिल्ला टुक्रायर भारतमा गाभ्नु पर्ने भारतीय सासदको सार्वजनिक घोषणा

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौं मंसीर ९ । मधेश आन्दोलनको बहानामा नेपालमा नाकाबन्दी गरेर चरम अमानवीय संकट पैदा गराएको भारतको सत्तारुढ पार्टीका एक सासदले तराईको १५ जिल्ला टुक्रयाएर भारतमा गाभ्नु पर्ने गंभीर अभिव्यक्ति दिएका छन् ।

यस बारे नेपाल सरकारले कुनै औपचारीक प्रतिकृया दिएको छैन ।
भारतको दरभंगामा आयोजिक कार्यक्रममा भारतीय जनता पार्टीका सांसद किर्ती आजादले तराई भारतको पुरानो हिस्सा भएको भन्दै बल प्रयोग गरेर नेपालको तराई क्षेत्र टुक्राएर भारतमा गाभ्नु पर्ने धारणा राखेका हुन् ।

जागरण अनलाईनमा प्रकाशित समाचारमा आजादले दिएको अभिव्यक्तिमा आधारीत समाचार छापिएको छ ।

भारतीय दुतावासले ट्वीटर मार्फत सभासद आजादको अभिव्यक्तिले भारत सरकारको प्रतिनिधित्व नगर्ने भनी प्रतिकृया दिएको छ ।
भारतको सहयोगमा आन्दोलन जारी रहनु, तराईलाई अलग्गै प्रदेश बनाउनु पर्ने कुरा आउनु र भारतीयहरुबाट यस्ता तर्क आउनुले नेपालको राष्ट्रियतामाथि गंभीर संकट देखा परेको भन्दै सचेत रहनु पर्ने बुद्धीजीवीहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी