एजेन्सी ९ मंसिर ।
अमेरिकाले रुसी सैनिक विमानमा गरिएको आक्रमणमा टर्कीको दोष नरहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो हवाई क्षेत्र सुरक्षाको अधिकार टर्कीसँग भएकाले रुसी सैन्य विमान आक्रमणमा उसको कुनै दोष नरहेको बताउनु भएको हो ।
रुसी विमानमाथिको आक्रमणबारे वासिङ्टनमा प्रतिक्रिया दिनुहुदै राष्ट्रपति ओबामाले रुसले टर्की समर्थित सिरियाली बिद्रोही माथि मात्रै आक्रमण तीब्र पारेको भन्दै इस्लामिक स्टेट आइएस माथि ध्यान केन्द्रित गर्न पनि सचेत गराउनुभयो ।
उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने टर्कीले रुसमाथि जानी जानी आक्रमण गरेको भन्दै यसको नतीजा गम्भीर हुने चेतावनी दिनु भएको छ ।
टर्कीले आफ्नो आकाशमा आएको रुसको सैनिक बिमान एफ–सिक्टिनलाई आक्रमण गरी खसालेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline