ट्युनिसियको राजधानी ट्युनिसमा १२ जनाको ज्यान जाने गरी बसमा भएको बम विस्फोटपछि आपतकालिन अवस्था घोषणा गरिएको छ ।
राष्ट्रपति बेजी एसेब्सीले ३० दिनका लागि देशमा आपतकालिन अवस्था घोषणा गर्नु भएको वीवीसीले जनाएको छ ।
राजधानी ट्युनिसमा कर्फ्यु पनि लगाइएको छ । ट्युनिसमा एक बसमा बम विस्फोट हुँदा कम्तिमा १२ जनाको ज्यान गएको तथा अन्य १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
बम विस्फोट भएका बेला बस अपदस्त राष्ट्रपति जीन अल अबिदिन बेल अलीको पार्टीको पूर्व मुख्यालय मोहम्मद वि एवेन्यु नजिक थियो ।
अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । राष्ट्रपतिका सुरक्षा गार्ड चढेको बसमा बम विस्फोट भएको ट्युनिसियाको सरकारले जनाएको छ ।
इस्लामिक स्टेट आइएसको निशाना बन्दै आएको ट्युनिसियामा गत जुनतिर सुस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा ३८ जनाको ज्यान गएको थियो ।