आइएसका २२८ वटा ट्यांकर नष्ट

आइएसका २२८ वटा ट्यांकर नष्ट

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी ८ मंसिर ।  

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट आईएसका इन्धन बोकेका २२८ वटा ट्यांकर नष्ट भएका छन् ।

पूर्वी सिरियामा रहेको तेल प्रशोधन केन्द्र नजिक इन्धन भर्न लामबद्ध २२८ वटा ट्यांकर अमेरिकी हवाई आक्रमणमा नष्ट भएको बिबीसीले जनाएको छ । आक्रमण अघि ट्यांकर चालकलाई भाग्न सचेत तुल्याइएको थियो ।

अमेरिकाले पछिल्लो समय आइएसको कब्जामा रहेका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउँदै आएको छ । तेल उत्पादन आइएसको मुख्य आर्थिक स्रोत मानिन्छ ।

गत सातामात्रै पनि गठबन्धन सेनाले गरेको आक्रमणमा आईएसका ११६ वटा ट्यांकर नष्ट भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी