तेहरान (इरान), ७ मङ्सिर । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको इरानी सर्वोच्च नेता आयतोला अलि खामेनीसँगको भेटपछि सोमबार क्रेमलिनले रसिया र इरानबीच सिरियामा जारी द्वन्द्व समाधानका लागि समान धारणा रहेको बताएको छ ।
रसिया र इरानबीच सिरिया समस्या सम्बन्धमा समान धारणा भएको क्रेमलिनका प्रवक्ताले बताए । पुटिन र खामेनीबीचको भेटलाई क्रेमलिनले विल्कुल रचनात्मक भेट भन्दै सिरियामा देखिएको राजनीतिक सङ्कट समाधान बाहिरी प्रयासद्वारा भन्दा निर्वाचनद्वारा गरिनुपर्नेमा दुवै नेता सहमत रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline