पेरिस आक्रमणमा संलग्नको खोजी तीब्र

पेरिस आक्रमणमा संलग्नको खोजी तीब्र

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणमा संलग्नको खोजी तीब्र पारिएको छ । आक्रमणकारी बेल्जियमको ब्रसेल्समा लुकेको आशंकामा त्यहाँ खोजी कार्य तीब्र पारिएको हो ।

ब्रसेल्समा पनि पेरिसमा जस्तै आतंकवादी आक्रमणको चेतावनी आएपछि हिजो बेलुकादेखि सुरक्षा सर्तकता उच्च पारिएको छ । आज पनि सुरक्षा सतर्कता उच्च रहने बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलले बताउनुभयो ।

पेरिस आक्रमणमा संलग्न आक्रमणकारीको खोजी नसकिएसम्म ब्रसेल्स सुरक्षा उच्च सतर्कतामै रहने प्रधानमन्त्री मिचेलले बताउनुभएको छ । आइतबार राति बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सुरक्षा सतर्कता जारी राख्ने निर्णय गरेको हो ।

ब्रसेल्समा आज पनि विद्यालय, विश्वविद्यालय तथा मेट्रो रेल सेवा बन्द रहने छ । ब्रसेल्स शहर पूर्ण रुपमा बन्द गरिएको छ ।

पेरिस आक्रमणका मुख्य आक्रमणकारी मध्ये एक सालेह अब्दुस सलामबाट खतरा रहेको गृहमन्त्री जोन जामबोनले बताउनुभयो । गएको हप्ता पेरिसमा भएको आतंकवादी आक्रमणमा एक सय ३० जनाको ज्यान गएको थियो ।

आक्रमणको जिम्मा आइएसले लिएको थियो । पेरिस आक्रमणमा संलग्न ९ जना आक्रमणकारी मध्ये सलाम मात्रै जीवित छन् । आइएसले सलामले आत्मघाती विस्फोट नगराएकोमा निराश छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी