आक्रमणको चेतावनीपछि ब्रसेल्समा सुरक्षा सर्तकता उच्च

आक्रमणको चेतावनीपछि ब्रसेल्समा सुरक्षा सर्तकता उच्च

  • आइतवार, मंसिर ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बेजिल्यमको राजधानी ब्रसेल्समा गएको हप्ता फ्रान्सको राजधानी पेरिसमा भएको जस्तै आतंकवादी आक्रमण हुनसक्ने खतरामा सुरक्षा सर्तकता बढाइएको छ ।

बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलले पेरिसमा भए जस्तै आक्रमणको चेतावनी आएको बताएका छन ।चेतावनीपछि ब्रसेल्समा सुरक्षा सर्तकता उच्च पारिएको छ ।

चेतावनीपछि ब्रसेल्सको केन्द्र भाग पूर्णरुपमा बन्द भएको छ भने अरु ठाउँमा पनि मानिसको चलहपहल कम भएको छ ।

प्रधामन्त्री मिचेलले हतियार तथा विस्फोटक पदार्थ बोकेका धेरै आक्रमणकारीले एकसाथ आक्रमण गर्न सक्ने डर रहेको बताएका छन ।

एक ठाउँमा मात्रै नभएर ब्रसेल्सका विभिन्न स्थानमा आक्रमण गर्ने चेतावनी आएको उहाँले जानकारी दिए ।

गएको हप्ता पेरिसमा भएको आक्रमणमा एक सय ३० जनाको ज्यान गएको थियो । आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट आइएसले लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी