आइएस विरुद्धको कारवाही दोब्बर पार्ने प्रस्ताव सर्वसम्मतिले पारित

आइएस विरुद्धको कारवाही दोब्बर पार्ने प्रस्ताव सर्वसम्मतिले पारित

  • शनिबार, मंसिर ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी, ५मंसिर ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इस्लामिक स्टेट आइएस विरुद्धको कारवाही बढाउने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । गएको हप्ता फ्रान्सको राजधानी पेरिसमा एक सय ३० जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मा आइएसले लिएको थियो ।

आइएस विरुद्धको कारवाही दोब्बर पार्ने सम्बन्धी फ्रान्सले गरेको प्रस्ताव सुरक्षा परिषदले सर्वसम्मतिले पारित गरेको हो । प्रस्तावमा आइएस विरुद्धको कारवाहीका लागि राष्ट्रसंघका सदस्य राष्ट्रलाई सम्भव भएका सबै उपाय पनाउने प्रस्ताव गरिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषदले आइएससहितका अरु विद्रोही संगठनलाई नष्ट गर्न आआफ्नो तर्फबाट सहयोग गर्न सदस्य राष्ट्रसँग आग्रह पनि गरेको छ । प्रस्तावमा आतंककारी तथा उनीहरुको आक्रमण रोक्नका लागि भइरेका प्रयासलाई बढाउन तथा सहकार्य गर्न जोड दिएको छ ।

प्रस्तावमा सैन्य बल प्रयोग गर्ने सम्बन्धी राष्ट्रसंघको च्याप्टर सेभेन प्रयोग गर्नका लागि भने आह्वान गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी