एजेन्सी मंसीर ५ । ईस्लामीक लडाकुहरुले बन्धक बनाएका १ सय ७० जना मानिसलाई मुक्त गराईएको सेनाले जनाएको छ । र्याडीसन ब्लु होटलमा बन्धुकधारी लडाकुले आक्रमण गर्दा २७ जनाको मृत्यु भएको थियो भने १ सय ७० जना नागरिक बन्धक बनाईएका थिए । मृतक मध्य अमेरीका, बेल्जीयम, चीन लगायतका मुलुकका नागरिक समेत रहेको बताईएको छ ।
बन्धक रहेका २० जना भारतीयहरु मुक्त भएको भारतको विदेश मन्त्रालयले जनाएको छ । अलकायदा सम्बन्ध लडाकुहरुले उक्त आक्रमणको जिम्मेवारी लिएका छन् ।
२ जना बन्धुकधारीले होटलमा आक्रमण गर्नुका साथै होटलमा बसेका नागरिकहरुलाई बन्धक बनाएका थिए ।
अमेरीकी स्वामित्वमा रहेको त्यस होटलमा विदेशी तथा व्यापारीहरुको ठूलो चहल पहल हुने गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline