एजेन्सी,४ मंसिर ।
उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता द्विपक्षीय वार्ता हुने भएको छ । यी दुई देशबीचको वार्तालाई एक दुर्लभ राजनीतिक घटनाका रुपमा लिइन्छ ।
सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीले आपसमा उच्चस्तरीय वार्ता समिति गठन गर्न सहमत भएका छन् । सो समितिमार्फत आगामी हप्ता यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने भएको हो ।
यस वार्ताले हालैका दिनमा सीमा क्षेत्रमा नै असहज परिस्थितका बीच गुज्रिरहेको यी दुई देशबीचको सम्बन्धमा सुधार आउनसक्ने अनुमान गरिएको बताइएको छ ।
सो वार्ता आगामी नेभेम्बर २६ मा दुवै देशबीचको एक सीमा क्षेत्रीय गाउ पानुम्जामा हुने पनि तय भएको बिबिसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline