एजेन्सी,४ मंसिर ।
चीनको पश्चिमी क्षेत्रमा पर्ने सिन्जिआङ्ग प्रान्तमा आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा २८ जना आतङ्ककारी मारिएका छन ।
प्रहरीले अपराधीको खोजी कार्य ५६ दिनसम्म जारी राखेको बताएको छ । चिनियाँ प्रहरीले आज सो जानकारी दिएको हो । गत सेप्टेम्बर १८ मा सशस्त्र व्यक्तिहरुको एक समूहले अक्सु बैचेङ्ग गाउँमा अवस्थित एक कोइला खानीमा गरेको एक आक्रमणमा ११ सर्वसाधारण र पाँच प्रहरीको मृत्यु भएको थियो ।
आक्रमणकारीहरु पहाडी इलाकातर्फ भागेका बताइएको थियो । उनीहरुको खोजीलाई चिनियाँ प्रहरीले सशक्त बनाएको थियो । त्यसै क्रममा यी व्यक्ति मारिएको प्रहरीले जनाएको छ ।
चिनियाँ प्रहरीले मारिने ती व्यक्ति आतङ्ककारी भएको बताएको छ । आतङ्ककारी समूहमाथि गरिएको कारबाहीमा ती व्यक्ति मारिएको प्रहरीले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline