मंसीर ३ एजेन्सी । फ्रान्सको पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी भएको आक्रमणका संदीग्ध मास्टर माईन्ड २७ वर्षे अब्देल हमिद अबाउद मारिएको प्रहरीले दावी गरेको छ । बुधबार उत्तरी पेरिसमा भएको प्रहरी कार्बाहीमा उनको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । उनको शबको पहिचान भएको प्रहरीले जनाएको छ ।
ईस्लामीक स्टेटले फ्रेन्च भाषामा लेख्ने ट्वीटर अकाउण्टबाट पनि अब्देल हमीद मारिएको स्वीकार गरिएको छ ।
मोरक्को मुलका बेल्जियन नागरिक अबाउद आईएसको सदस्य रहेको प्रहरीको दावी छ । उनी अब्दे सलामसग रहेको प्रहरीको भनाई छ ।
सन् २०१० मा उनीहरुमाथि शसस्त्र डकैतीको आरोपमा जेल हालिएको थियो । उनी २०१३ देखि आईएसमा सामेल रहेको बताईएको छ । अबाउद बेल्जियमको मोलिनबीक जिल्लामा भएको थियो । जहा अरब आप्रवासीहरुको ठूलो संख्या छ । पेरिस हमलामा १ सय २९ जनाको मृत्यु हुनाको साथै ३ सय ५० बढी घाईते भएका थिए ।