पेरिस आक्रमणका मुख्य योजनाकार अझै पक्राउ परेन

पेरिस आक्रमणका मुख्य योजनाकार अझै पक्राउ परेन

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी ३ मंसिर ।  

गत शुक्रवार फ्रान्सको पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी भएको श्रृंखलाबद्ध आक्रमणको मुख्य योजनाकारको खोजी तिब्र पारिएको छ ।

आक्रमणका मुख्य योजनाकारसमेत लुकेको आशंकामा हिजो उत्तरी पेरिसको सेन्ट डेनिसमा गरिएको सुरक्षा कारवाहीमा आशंकित आठ जनालाई पक्राउ गरेपनि मूख्य अभियुक्त भने पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

यद्यपी, यस कारवाही मार्फत अर्को ठूलो दूर्घटना हुनबाट मुलुकलाई जोगाएको फ्रान्सेली प्रहरीको दावी छ । आक्रमणको मास्टरमाइण्ड मानिएका अब्देलहामिद अबाउद कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै सूचना प्राप्त नभएको पनि मूख्य अभियोजनकर्ता फ्राँस्वा माँलीले बताउनु भएको छ ।

प्रहरीले सात घण्टासम्म गरेको कारवाहीमा पाँच हजार गोली प्रहार गरेकोसमेत खबरमा उल्लेख छ । उक्त कारवाहीमा मारिएका दुई मध्ये एकमा अबाउदको नातेदार एक महिला रहेको र उनले आफैंलाई विष्फोट गराएकी छिन् ।

घटनामा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । अपराधीको खोजीमा प्रहरीले लगातार अनुसन्धान जारी राखेको छ भने सुरक्षाका लागि व्यापक रुपमा सैनिक परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी