राष्ट्रसङ्घीय महासचिव बान सोमबार उत्तर कोरिया जाने

राष्ट्रसङ्घीय महासचिव बान सोमबार उत्तर कोरिया जाने

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सोल, २ मङ्सिर । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन आगामी हप्ता उत्तर कोरियाको भ्रमणमा जानुहुने भएको छ । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँगको वार्ताका लागि उहाँ त्यहाँ जान लाग्नु भएको हो ।

महासचिव बान यसअघि उत्तर कोरिया जाने भनिएको भए पनि उक्त भ्रमणको बारेमा केही बताइएको थिएन । तर उत्तर कोरियाको समाचार समिति, केसिएनएले उहाँ सोमबार उत्तर कोरिया आउन लाग्नुभएको समाचार बुधबार सार्वजनिक गरेको छ ।

महासचिव बानको आणविक भट्टिका कारण विवादास्पद भएको उत्तर कोरियामा हुन लागेको यस भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
उहाँ उत्तर कोरिया पुग्नुभयो भने गएको २० वर्षपछि सो देशको भ्रमण गर्ने राष्ट्रसंघको पहिलो महासचिव हुनुहुने पनि उत्तर कोरियाको समाचार समिति योनहापले जनाएको छ ।
तर पनि सो भ्रमणमा उहाँका थप कार्यक्रमहरुका बारेमा भने सो समाचारमा दिइएको छैन । संयुक्त राष्ट्रसंघको उच्च स्रोतलाई सो समाचारमा उद्धृत गरिएको छ ।
पछिल्लो समयमा आणविक भट्टि निर्माणका कारण उत्तर कोरिया विवादमा आएको छ । आणविक वार्ताका लागि पनि शक्ति राष्ट्रहरुसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ ।
उक्त समाचार समितिले महासचिव बानको बिमान उत्तर कोरियाको सुनान अन्तर्राष्ट्रिय विमानस्थलामा अवतरण गर्ने जानकारी दिएको छ ।
तर सो विमान उत्तर कोरियाको हो वा कुन भन्ने बारेमा भने सो समाचार समितिले केही बताएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी