रुस र फ्रान्सद्धारा आइएसविरुद्ध सैन्य अभियान तिव्र

रुस र फ्रान्सद्धारा आइएसविरुद्ध सैन्य अभियान तिव्र

  • बुधबार, मंसिर २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी २ मंसिर  ।  रुस र फ्रान्सले सिरियामा सिरियामा इस्लामिक स्टेट आइएसविरुद्ध सैन्य अभियानलाई तिव्रता उसको मुख्य अखडामा हवाई आक्रमण गरेका छन् ।

गत महिना इजिप्टको सेन्आई प्रान्तमा २ सय २४ जनाको ज्यान जाने गरी भएको रुसी विमान दुर्घटनामा आइएसको संलग्नता पुष्टि भएपछि रुसले सैन्य अभियानलाई तिव्र पारेको हो ।

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आईएससँग बदला लिने चेतावनी दिनुभएको छ । आक्रमण आइएसको मुख्य पकड मानिएको क्षेत्र रक्का शहरलाई निशाना बनाइएको रुसका रक्षा मन्त्री सरगेई सोइगुले बताउनुभयो ।

भूमध्य सागर क्षेत्रमा आइएसविरुद्ध कारबाही अभियान चलाएको फ्रान्सेली सेनासँग सम्पर्कमा रहन र उनीहरुलाई सहयोग गर्न आफ्ना सेनालाई निर्देशन दिएको राष्ट्रपति पुटिनको भनाई छ ।

गत शुक्रबार राजधानी पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी आईएसले आक्रमण गरेपछि फ्रान्सले पनि सैन्य अभियान तिव्र पारेको छ । आइएसविरुद्धको कारबाहीमा रुसी सेनाले फ्रान्सेली सेनालाई साथ दिने भएको छ ।

आफ्ना हवाई आक्रमण आइएसका गढ क्षेत्र ध्वस्त पार्न केन्द्रीत रहने दुवै सेनाले जनाएका छन् । अमेरिका नेतृत्वको गठबन्धन सेनाले पनि हवाई आक्रमण तिव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी