एजेन्सी १ मंसिर ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट आइएसका १ सय १६ वटा तेल ट्यांकरमा आक्रमण गरी ध्वस्त पारेको छ ।
पूर्वी सिरियामा रहेका आईएसका तेल ट्यांकरलाई लक्षित गरी अमेरिकी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो ।
आइएसको नियन्त्रणमा रहेको अल्बु कमाल शहरमा भएको हवाई आक्रमणमा तेल ट्यांकरलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तेल लोड गरेर हिँड्न लागेका सबै ट्यांकर एउटै हवाई आक्रमणको निशाना बनेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । तेलको कालोबजारीलाई आइएसको आम्दानीको मुख्य स्रोत मानिँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline