पेरिस आक्रमणमा संलग्न एक व्यक्तिको फोटो सार्वजनिक

पेरिस आक्रमणमा संलग्न एक व्यक्तिको फोटो सार्वजनिक

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी ३० काठमाडौ ।  

फ्रान्सेली प्रहरीले राजधानी पेरिसमा भएको श्रृंखलावद्ध आक्रमणमा संलग्न एक व्यक्तिको फोटो सार्वजनिक गरेको छ । जसमा बेल्जियमका २६ वर्षीय अब्देसलाह सलाह रहेको र उनी निकै खतरनाक रहेको प्रहरीले दावी गरेको छ ।

सलाहबारे सूचना दिन आग्रह गर्दै प्रहरीले उनको निकट नजान आम सर्वसाधारणलाई अपील पनि गरेको छ । पेरिस घटनामा मारिएका सात बन्दुकधारीमध्ये दुई जना बेल्जियममा रहेका व्यक्ति रहेको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

गृहमन्त्री बैर्ना कासेनेवले बेल्जियममा रहेका केही व्यक्तिले पेरिस आक्रमणको योजना बनाएको र फ्रान्समा रहेका केहीले सघाएको दाबी गर्नु भएको छ ।

सलाहका तीन भाईमध्ये एक घटनामा मारिएको र अर्का बेल्जियममा पक्राउ परेको बताइएको छ । शुक्रबार राति आईएसले पेरिसको कन्सर्ट हल, राष्ट्रिय रंगशाला, रेस्टुराँ र बारमा गरि ६ ठाउँमा आक्रमण गरेको थियो ।

जसमा एक सय २९ जना मारिएको पुष्टी भएको छ भने थुप्रै मानिस घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी