एजेन्सी २९ कार्तिक ।
फ्रान्सको राजधानी पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी भएको श्रृंखलावद्ध आक्रमणमा तीनवटा टोली सहभागी रहेको फ्रान्सेली प्रहरीले जनाएको छ ।
७ जना हतियारधारीले तीनवटा टीम बनाएर आक्रमणमा उत्रिएको पेरिसका प्रहरी प्रमुख फ्राँस्वा मोलिन्सले जानकारी दिनुभयो । आक्रमणमा संलग्न सबै हतियारधारीको मृत्यु भएको छ ।
आक्रमणकारीहरु कताबाट पेरिस प्रबेश गरेको र कसले लगानी गरेको भन्नेबारे अनुसन्धान भइरहेको मोलिन्सले बताउनुभयो । आक्रमणकारी मध्ये एकजना फ्रान्सकै ३० बर्षिय नागरिक भएको समेत प्रहरीले जनाएको छ ।
पेरिसका बिभिन्न स्थानमा शुक्रवार राती भएका आक्रमणमा १ सय २९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ सय ५० भन्दा बढी घाइते छन । घाइते मध्ये १ सयको अबस्था गम्भिर रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline