फ्रान्सको राजधानी पेरिसमा गराइएको श्रृङ्खलाबद्ध विस्फोट र गोलाबारीमा १ सय ४० भन्दा बढीको मृत्यु हुने गरी भएको घटनाको जिम्मेवारी आईएसले लिएको छ ।
आईएसले विज्ञप्ति जारी गरी घटना आफूहरुले घटाएको दावी गरेको छ । शुरुमा जिम्मा नलिए पनि उसका समर्थकहरुले ट्वीटरमा यसको प्रशंसा गरेका थिए ।
पेरिसको पूर्वी क्षेत्रस्थित बाटाक्लान कन्सर्ट हलमा मात्रै बन्दुकधारीको गोली प्रहारबाट १ सय भन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकाको एक सांङ्गीतिक व्याण्डले प्रर्दशन गरिरहेको सो हलमा बन्दुकधारीले अन्दधुन्द गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीले गरेको जवाफी कार्बाहीमा तीन आक्रमणकारी मारिएका छन् ।
दोस्रो हमला बाटाक्लान नजिकै रहेको पेटाईज कोम्बोज रेष्टुरेन्टमा भएको थियो । यस्तै तेस्रो हमला पेरिसको राष्ट्रिय रंगशालासगै जोडिएको एक बारमा भएको थियो , जसमा तीन जना मारिएका छन् । रंगशालामा फ्रान्स र जर्मनीको बीचमा फुटबल खेल चलिरहेका बेला त्याहा तीन वटा बम विष्फोट गराइएको थियो ।
फ्रान्समा तीन दिने राष्ट्रिय शोकको घोषणा
अमेरीकामा समेत चिन्ता पैदा भए पछि भिआईपीहरुका लागि सुरक्षा गस्ती बढाईयो
ईरानी राष्ट्रपति हसन रुहानीद्धारा फ्रान्सको भ्रमण रद्ध
एक आक्रमणकारीसग‘ सिरीयाको पासपोर्ट रहेको भेटिएको प्रहरीको भनाई
यो दोस्रो विश्व युद्ध पछिको सबै भन्दा ठूलो हमला
सन् २००४ मा मड्रिडमा भएको हमला पछिको युरोपकै सबै भन्दा ठूलो आक्रमण
यसैबीच फ्रान्सका राष्ट्रपति फ्रान्सवा ओलान्दले देशवासीलाई सवोधन गर्दै संकटकालको घोषणा गर्नु भएको छ ।
उहाले आतकवादीहरुको विरुद्ध निमर्मताका साथ लड्ने चेतावनी दिनु भएको छ ।
उता अमेरीका, बेलायत, जर्मन लगायत विभिन्नि मुलुकले फ्रान्समा भएको आक्रमणको निन्दा गर्दै फ्रान्सको पक्षमा रहेको बताएका छन् ।
अमेरीकी राष्ट्रपति बराक ओबमाले यो आक्रमण मानवता विरुद्ध भएको भन्दै फ्रान्सको साथमा आफू रहने बताउनु भयो ।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पनि यो आक्रमणको निन्दा गर्दै फ्रान्सेली जनताको पक्षमा आफूहरु रहेको बताउनु भएको छ ।
त्यस्तै अन्य विभिन्न मुलुकका राष्ट्रप्रमुखहरुले पनि घटनाको निन्दा गरेका छन् ।