चीन पाकिस्तान सैन्य सम्बन्धमा जोड

चीन पाकिस्तान सैन्य सम्बन्धमा जोड

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

इस्लामावाद, २७ कात्तिक । चीन र पाकिस्तानबीच आपसी सैन्य सहयोगमा जोड दिइएको छ ।
चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष र पाकिस्तानी प्रधानमन्त्रीबीच सो सहयोग समन्वयको प्रतिबद्धता आएको हो ।
चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष फान चान्लोङ् र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो ।
सो भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै सैन्य सहयोगमा जोड दिइएको थियो ।
गएको अप्रिल महिनामा चिनियाँ राष्ट्रपति सि जिनपिङले पाकिस्तानको भ्रमण गरेपछि चीन पाकिस्तान सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको धारणा उपाध्यक्ष फानले राख्नुभएको थियो ।
पाकिस्तानले आतङ्कवादका विरुद्धमा गरिरहेको कारबाहीका लागि चीनले हाल दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
यस अवसरमा पाकिस्तानी प्रधानमन्त्री शरिफले चीन र पाकिस्तानको आपसी समन्वय र सहयोगबाटै क्षेत्रीय शान्ति र एसियाली स्थायित्वमा योगदान गर्नसक्ने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी