एजेन्सी २७ कार्तिक ।
लेबनानको राजधानी बेरुतमा गराइएको आत्मघाती बिष्फोटमा ३७ जना मारिएका छन् ।
राजधानी बेरुतको दक्षिणी इलाकामा गराइएको उक्त विष्फोटमा १८१ जना घाइते भएको छन् ।
विष्फोट शिया बाहुल्य बुर्ज अल बरानजेह जिल्लाको व्यस्त बजारमा भएको अन्तर्राष्ट्रिय सन्चार माधयमहरुले जनाएका छन् । यस क्षेत्रमा हिजबुल्लाह लडाकूको बलियो पकड रहेको बताइएको छ ।
प्यालेष्टायनी शरणार्थी शिविर नजिकै बिस्फोट गराइएको बिबीसीले जनाएको छ । हिजबुल्लाहलाई सिरियामा चलिरहेको संघर्षमा राष्ट्रपति बशर अल असदको समर्थक मानिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline