मालदिभ्समा सङ्कटकाल हटाइयो

मालदिभ्समा सङ्कटकाल हटाइयो

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मालदिभ्स, २४ कात्तिक ।

मालदिभ्सको सरकारले गएको हप्तामात्र घोषणा गरेको राष्ट्रिय सङ्कटकाल मङ्गलबार हटाएको छ ।

मालदिभ्सका राष्ट्रपति यमिन अब्दुल गयुमले गएको बुधबार राष्ट्रिय सङ्कटकालको घोषणा गर्नुभएको थियो ।

राष्ट्रपति गयुम चढेको ढुङ्गामा केही दिन पहिले भएको विस्फोट, राष्ट्रपति निवास नजिकै भेटिएको घरेलु बम र विभिन्न ठाउँमा अवैधानिक रुपमा भण्डार गरी राखिएका हतियार राष्ट्रपति गयुम र यहाँका जनताको सुरक्षामा खतरा देखिएको कारण सङ्कटकाल घोषणा गरिएको थियो तर यहाँको अवस्था विस्तार शान्तिपूर्ण भएपछि सरकारले सङ्कटकाल हटाएको हो ।

मालदिभ्सका विदेशमन्त्रीले आफ्नो ट्वीटर एकाउन्टमा देशमा घोषणा भएको सङ्कटकाल तत्कालै लागू हुने गरी हटाइएको जनाउनुभएको छ ।

सङ्कटकालीन व्यवस्था अनुसार यहाँका नागरिकलाई सरकारविरोधी आन्दोलन, श्रम हडताल तथा राज्यको केही टापुमा भ्रमण गर्न सुरक्षाको कारण देखाउँदै निषेध गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी