काठमाण्डौ, २४ कार्तिक ।
म्यानमारकी विपक्षी नेतृ आङ साङ सूकीले आफ्नो पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले संसदमा बहुमत हासिल गरेको बताउनुभएको छ ।
ऐतिहासिक निर्वाचनपछि पहिलोपटक बीबीसीसँग कुरा गर्दै सूचीले म्यानमारका जनतालाई बधाइ दिनुभयो । समय र जनता दुबै परिवर्तन भएको सूकीको भनाइ थियो । उहाँले निर्वाचन निष्पक्ष भएपनि स्वतन्त्र नभएको बताउनुभयो ।
प्रारम्भिक निर्वाचनले एनएलडीले अत्याधिक बहुमत ल्याउने देखाएपनि अन्तिम आधिकारिक नतिजाका लागि भने केही दिन लाग्ने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
म्यानमारमा २५ वर्षमा पहिलोपटक गत आइतबार भएको निर्वाचनलाईलाई निकै प्रजातान्त्रिक मानिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline