एजेन्सी २२ कार्तिक ।
विहारमा भएको विधानसभा निर्वाचनमा नितिशकुमारको महागठबन्धनको पार्टी जनता दल युनाइटेड भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपालाई लज्जास्पद रुपमा हराएको छ ।
कुल २ सय ४३ सिटमध्ये नितिशकुमारको महागठबन्धन १५७ स्थानमा जित हासिल गरको छ ।
यसैगरी भाजपा नेतृत्वको एनडिए गठबन्धनको ७५ सिट मात्र रहेको छ । यसैगरी अन्यमा ११ स्थानमा रहेको छ ।
निर्वाचनमा जनता दल युनाइटेडले स्पष्ट बहुमत ल्याएको छ । बिहारमा भारतीय जनता पार्टीको यो हार संगै बिहारी जनताले खुसीयाली मनाइरहेका छन् ।
उनीहरुले निर्वाचन मतगणना स्थान बाहिर नितेश कुमारको समर्थनमा खुसीयाली बनाएका छन् ।
यसै अहिले निर्वानको नजिता अनुसार अबको बिहारको मुख्यमन्त्रीमा लगातार रुपमा नितेश कुमार नै हुने पक्का भएको छ ।
यसैबीच विहारमा भएको विधानसभा निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गर्दै गठबन्धनका नेता नितिसकुमारलाई बधाई तथा शुभकामना दिएका छन् ।
बिहारको निर्वाचनमा नितिशको गठबन्धनको पार्टी जनता दल युनाइटेडलाई स्पष्ट अग्रताका साथ अगाडी आएपछि मोदीले टोलिफोन गरी बधाइ दिएका हुन् ।
कुल २ सय ४३ सिटमध्ये नितिशकुमारको महागठबन्धन १६६ स्थानमा अग्रता हासिल गरको छ ।यसैगरी भाजपा नेतृत्वको एनडिए गठबन्धनको ६८ सिट मात्र रहेको छ भने अन्यमा ८ स्थानमा अग्रता लिइरहेको छ