एजेन्सी कार्तिक २० ।
सिरिया र इराकमा सशस्त्र विद्रोह गर्दै आएका विद्रोही समुह इस्लामिक स्टेट आइएस विरुद्धको कारबाही तीब्र पार्न फ्रान्सले ठूलो क्षमताको युद्धपोत पठाउने भएको छ ।
यसअघि पनि प्रयोगमा ल्याइएको यो युद्धपोतमा ४० विमान राख्ने क्षमता छ भने दैनिक एक सय उडान भर्न सकिने छ ।
‘चार्ल द गाल’ नाम दिइएको युद्धपोतले यसअघि युद्धमा प्रयोग भएका फ्रान्सेली विमानलाई छोटो समयमै आइएस लडाकु परास्त गर्न सहयोग गर्ने बताइएको छ ।
अमेरिकी सेनाको गठबन्धनमा रहेर फ्रान्सले सन् २०१४ देखि नै आइएसविरुद्ध इराकमा हवाई आक्रमण गर्दै आएको छ । फ्रान्स गत सेप्टेम्बरदेखि आइएसविरुद्ध सिरियामा पनि आक्रमणमा संलग्न हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline