‘अन्डरवर्ल्ड डन’ छोटा राजनलाई भारत ल्याइयो

‘अन्डरवर्ल्ड डन’ छोटा राजनलाई भारत ल्याइयो

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी २० कार्तिक ।  

भारतका कथित ‘अन्डरवर्ल्ड डन’ छोटा राजनलाई भारत ल्याइएको छ । इन्डोनेसियाको बालीमा पक्राउ परेका उनलाई विशेष विमानबाट आज बिहान दिल्ली ल्याइएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

दिल्ली ल्याइएलगत्तै उनलाई प्रहरीको ‘स्पेशल सेल’ को जिम्मा लगाइएको छ । विभिन्न हत्यामा संलग्न अभियुक्त छोटा राजन बिगत २० बर्षदेखि फरार उनलाई अब अदालतमा पेश गरिने अधिकारीहरुले जनाएका छन् ।

उनीमाथि मुम्बईमा १७ जनाको हत्या गरेको र लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लगाइएको छ । इन्टरपोल मार्फत पक्राउ परेका उनलाई कडा सुरक्षा घेराका बीच दिल्लीमा ल्याइएको भारतीय सन्चार माधयमहरुले जनाएका छन् ।

अष्ट्रेलियाली सुरक्षाकर्मीको सुराकीका आधारमा उनलाई इन्डोनेसियाली प्रहरीले पक्राउ गरेको थियो । लामो समयसम्म अष्ट्रेलियामा रहेका उनी केही दिनअघि मात्रै इन्डोनेसिया पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी