आगलागिको घटनापछि प्रधानमन्त्रीको राजीनामा

आगलागिको घटनापछि प्रधानमन्त्रीको राजीनामा

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, १८ कार्तिक ।

रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टा नेतृत्वको सरकारले बुधबार राजीनामा गरेको छ । पोन्टासहित उनका मन्त्रीमण्डलका सदस्यले रात्रि क्लबमा आगलागी भएको घटनालाई लिएर यहाँका जनताले देशभरी प्रदर्शन गरेपछि पोन्टा नेतृत्वको सरकारले राजीनामा दिएको हो ।

रात्रि क्लबमा आगलागी हुँदा करिब ३० जना मृत्यु भएको थियो भने २०० भन्दा बढी आगलागीमा डढेर घाइते भएका थिए । मेरो सरकारले नयाँ सरकार गठनका लागि प्रदर्शनकारीको माग अनुसार राजीनामा दिएको छ, आशा छ यसपछि देशमा देखिएका हिंसात्मक गतिविधि नियन्त्रण हुनेछन्, पोन्टाले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ ।

यद्यपि प्रधानमन्त्री पोन्टाले आफ्नो सरकारले अर्को नयाँ सरकार गठन नहुँदासम्म सम्पूर्ण जिम्मेवारी सम्हाली रहने पनि वक्तव्यमा बताइएको छ । यससँगै अब रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले नयाँ सरकारका प्रधानमन्त्रीको नाम सिफारिस गर्नु हुनेछ । यदि दुई पटकसम्म आह्वान गर्दा पनि कसैको नाम नआएमा संसदीय निर्वाचनको आह्वान हुनेछ ।

गएको शुक्रबार राति एक नयाँ गीती एल्बम विमोचन गर्ने कार्यक्रममा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । सो एल्बम विमोचनको लागि करिब १ हजार व्यक्तिको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी