प्यालेस्टेनी जनताद्वारा गाजास्थित राष्ट्रसङ्घको कार्यालयमा प्रदर्शन

प्यालेस्टेनी जनताद्वारा गाजास्थित राष्ट्रसङ्घको कार्यालयमा प्रदर्शन

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

गाजा, १६ कात्तिक । प्यालेस्टिनी जनताले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) को गाजास्थित कार्यालय अगाडि सोमबार प्रदर्शन गरेका छन् ।

दर्जनौँ सङ्ख्यामा आएका प्रदर्शनकारीले अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घसङ्गठनलाई प्यालेस्टेनी जनताप्रति जिम्मेवार भई मानव अधिकारका लागि लडेका प्यालेस्टेनी नागरिक जीवन रक्षाका लागि उभिन आह्वान गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी प्यालेस्टेनीहरुले राष्ट्रसङ्घका कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाई आफ्नो मुद्दामा जिम्मेवार बन्न आग्रह गरेका थिए ।

प्रदर्शनकारीले गाजास्थित प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनलाई इजरायलद्वारा प्यालेस्टेनी नागरिकविरुद्ध गरिँदै आएको आक्रमण रोक्न पहल गर्न अपिल गरेका थिए । रा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी