टर्कीमा भएको संसदीय चुनावमा सत्तारुढ एकेपी पार्टी विजयी

टर्कीमा भएको संसदीय चुनावमा सत्तारुढ एकेपी पार्टी विजयी

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी १६ कार्तिक ।  

टर्कीमा भएको संसदीय चुनावमा सत्तारुढ जस्टिस एण्ड डेभलपमेन्ट पार्टी एकेपी विजयी भएको छ । एकेपीले ४९ दशमलव ४ प्रतिशत मत पाएको छ भने प्रमुख विपक्षी दल सिएचपीले २५ दशमलव ४ प्रतिशत मत पाएको छ ।

टर्कीमा ५ महिनाको अवाधिमा यो दोस्रो पटक चुनाव भएको हो । टर्कीका प्रधानमन्त्रीले चुनावको नतिजा आफ्ना समर्थक र लोकतन्त्रको जित भएको बताउनुभएको छ । कुदिर्श समर्थक पार्टी एचडिपीले १० प्रतिशतको मत सीमालाई पार गर्दै संसदमा सिट ल्याएको हो ।

टर्कीमा बढ्दै गएको हिंसा कम गरी शान्ति स्थायित्व कायम गर्न सत्तारुढ दललाई बढी मत दिइएको विश्लेषण गरिएको छ । सत्तारुढ पार्टी एकेपीले अब एक्लैले सरकार गठन गर्न पाउने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी