एजेन्सी १५ कार्तिक ।
इजिप्टमा दुर्घटनाग्रस्त भएको रुसी विमानको ब्ल्याक बक्स र फ्लाइट डाटा रेकर्डर भेटिएको छ ।
इजिप्टको सर्म एल सिख बाट रुसको पिटर्सबर्गका लागि उडेको एयरबस ए-३२१ हिजो सेन्आईमा दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा चालक दलका सात सहित २ सय २४ जना रहेकोमा उनीहरु सबैको मृत्यु भएको अन्तराष्टिय सन्चार माध्यमहरुले जनाएका छन् ।
९ हजार ५ सय मिटर माथि उडिरहेको जहाज दुर्घंटना भएर भूईमा खसेको थियो । जहाजको ब्ल्याक बक्स भेटिएपछि जहाज दुर्घटना हुनुको कारण पत्तालाग्ने आशा बढेको छ ।
यसैबीच विद्रोही संगठन इस्लामिक स्टेट आइएसका लडाकुले जहाजमा आफूहरुले आक्रमण गरेर दुर्घटना गराएको दाबी गरेका छन् । तर रुस सरकारले भने आइएसको यस्तो दाबीको खण्डन गरेको छ ।
जहाजमा उडानको क्रममा कुनै किसिमको समस्या आएको अहिलेसम्म जानकारी नभएको रुसका परिवहन मन्त्री होसाम कमलले बताउनुभएको छ । जहाजमा रहेका अधिकांश इजिप्ट घुमेर फर्किएका रसियाली नागरिक थिए ।