रात्रि क्लबमा भएको आगलागीमा २७ को मृत्यु, १८० घाइते

रात्रि क्लबमा भएको आगलागीमा २७ को मृत्यु, १८० घाइते

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बुखारेष्ट, १४ कात्तिक ।

रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको बताइएको छ । गएराति खचाखच भरिएको एक रात्रि क्लबमा अकस्मात आगलागी भएको थियो । अधिकारीहरुले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् ।

सो क्लबमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । जसका रकाण मृत्यु हुने व्यक्तिको सङ्ख्यामा पनि बृद्धि हुन सक्नेछ ।
रोमानियाको गृह मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेहरलाई नजिकैका अस्पतालहरुमा भर्ना गरिएको छ ।
शुक्रबार राति एक नयाँ गिती एल्बम बिमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए ।
कतिपयले सो आगलागी अगाडि एक विस्फोट पनि भएको बताएका छन् । तर उद्वारको कार्यमा खटिरहेको प्रहरीले भने त्यस्तो विस्फोट नदेखिएको बताएको छ ।
प्रहरीले आफ्नै कारणले रात्रि क्लबमा आगलागी मात्र भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताएको छ ।
उक्त एल्बम एक लोकप्रिय ब्यान्डको रहेकोले सो समयमा उक्त क्लबमा ३०० देखि ४०० जनासम्मको उपस्थिति रहेको बताइएको छ ।
ती मध्ये केही व्यक्तिमात्र भाग्न सफल भएका थिए । क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी