सरीताको हत्या या आत्महत्या किन भएन निष्पक्ष छानबिन ?

सरीताको हत्या या आत्महत्या किन भएन निष्पक्ष छानबिन ?

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौँ, १४ कात्तिक ।

गत असोज १७ गते मृत फेला परेकी ललितपुर ठूला दुर्लुङ गाविस–८ की १९ वर्षीया सरिता तिमिल्सिनाको आत्महत्या नभई हत्या गरिएको भन्दै आफन्तले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन ।

सोही गाविसका उपेन्द्र घिमिरेसँग ६ महिनाअघि प्रेम विवाह गरेकी सरितालाई उनको घरपरिवारको मिलेमतोमा हत्या गरी आत्महत्याको बहाना बनाएको आरोप आफन्तले लगाएका छन ।

बारम्बार किटानी जाहेरी दिँदासमेत प्रहरीले विभिन्न बहाना बनाएर जाहेरी लिन आलटाल गर्दै आएको मृत्तक सरीताका दाई बिश्वराम तिमिल्सेनाले बताउनुभयो । मृतक सरिताको शव यही असोज १७ गते घरमुनिको कटुसको हाँगामा शंरीरका बिभिन्न भाग पोलिएको अबस्थामा झुन्डिएको फेला परेको थियो।

न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी दिँदासमेत अहिलेसम्म कुनै सुनुवाइ नभएको मृतकका आफन्तको गुनासो छ ।

सरीताका पोइली पक्षले माइती पक्षलाई जानकारी नै नदिइ शिक्षण अस्पतालमा राखिएको शबको अन्तिम संस्कार गरेको भन्दै आक्रोश पोखेका छन । उनीहरुले छिटो भन्दा छिटो न्याय दिलाई दिन मानप अधिकार लगायत बिभिन्न संघ संस्थालाई आग्रह गरेका छन ।

यो पनि पढ्नुहोस्

सरीताको हत्या या आत्महत्या ,घटना झन रहस्यमय बन्दै

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी