सिरिया संकटबारे हुने बहुपक्षीय वार्तामा इरान पनि सहभागी हुने

सिरिया संकटबारे हुने बहुपक्षीय वार्तामा इरान पनि सहभागी हुने

  • बिहिबार, कार्तिक १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी १२ कार्तिक ।  

सिरिया संकटबारे अष्ट्रियाको भियनामा हुने बहुपक्षीय वार्तामा इरान पनि सहभागी हुने भएका छन् ।

आफूहरुलाई आएको निम्तोकोलाई स्विकार गर्दै विदेशमन्त्री जावेद जरिफले वार्तामा सहभागिता जनाउने विदेश मन्त्रालयका प्रवक्ता मर्जीह अफखमले जानकारी दिनुभयो ।

इरान अमेरिकाको साथमा हुन लागेको यस्तो बहुपक्षीय वार्तामा सहभागी हुन लागेको यो पहिलोपल्ट हो । वार्तामा रुस, सउदी अरब र टर्कीका साथै सिरिया र इराकका प्रतिनिधि पनि सामेल रहने छन् ।

आज बेलुकीदेखि नै वार्ता सुरु हुने र भोली टुंगोमा पुग्न सकिने बताइएको छ । सिरियाली विपक्षीले भने इरानको संलग्नताले स्थिति जटिल हुने आशंका गरेको छ ।

इरानले बितेको चार वर्षमा सिरियाका राष्ट्रपति बशर अल असदको सत्ता टिकाउन अरबौं डलर खर्चेको असदका विपक्षीले आरोप लगाउँदै आएका छन् ।

सिरियाको मामलामा अमेरिकाले आफ्नो नीति प्रष्ट गर्न नसकेको आरोप छ भने रुसले राष्ट्रपति बशर अल असदको पक्षमा खुलेर समर्थन दिँदै आएको छ ।

यता रुसले भने २४ घण्टाको अन्तरालमा अतिवादीको ११८ केन्द्रमा लडाकू विमानले आक्रमण गरेको पनि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी