एजेन्सी, ११ कार्तिक ।
भारतको बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत आज तेस्रो चरणको मतदान हुदैछ । आज ५० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो ।
बिहारका मूख्य मन्त्री नितिशकुमारले पनि आज मतदान गर्दैहुनुहुन्छ । मन्त्री कुमारले बख्तियारपुरको एक विद्यालयमा स्थापित मतकेन्द्रमा मतदान गर्नुहुने भारतीय छ ।
बुथ संख्या २०४ रहेको उक्त मतकेन्द्रमा बिहानैदेखि एउटा बाँदरले मच्चाइरहेको आतंकका कारण निर्वाचन प्रभावित भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
मतदान केन्द्रमा बिहानैदेखि ज्याजतीे गरिरहेको उक्त बाँदरले दुई पत्रकारसमेत १५ जनालाई टोकिसकेको जनाइएको छ ।
स्थानीयवासीका अनुसार सो विद्यालय आसपास विगत १० महिनादेखि उक्त बाँदर देखा पर्दै आएको थियो ।
स्थानीय प्रशासनले बाँदर नियन्त्रणका लागि प्रयास थालिसकेको बताइएको छ । बाँदरलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले वन विभागको एक समूहलाई परिचालन गरेको छ ।