एजेन्सी ११ कार्तिक ।
अमेरिका र रुसबीच सिरियाका बारेमा हुने वार्तामा इरानलाई पनि आमन्त्रण गर्ने तयारी भएको छ ।
आगामी बिहीबार अष्ट्रियाको राजधानी भियनामा सुरु हुने बैठकमा इरानको सहभागिता जरुरी रहेको भन्दै अमेरिका र रुसले यस्तो निर्णय गरेको जनाइएको छ ।
यद्यपी इरानले बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे केही धारणा सार्वजनिक गरेको छैन । सिरियाका राष्ट्रपति बसर अल असदको निकट मानिएका इरानले गृहयुद्धका समयमा असद सरकारलाई अरबौं अमेरिकी डलर रकम सहयोग गरेको खुलासा भइसकेको छ ।
उक्त सहयोग सिरिया सरकारले हतियार, इन्धन र सैन्य सहयोगका लागि खर्च गरेको बताइएको छ । बैठकमा अमेरिका र रुसका अलावा युरोपियन युनियन र अरब राष्ट्रका प्रतिनिधिहरु पनि सहभागी हुँदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline