अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्य २ सय ६० पुग्यो

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्य २ सय ६० पुग्यो

  • मङ्लबार, कार्तिक १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १० कार्तिक ।  अफगानिस्तानमा हिजो गएको शक्तिशाली भूकम्पमा परी पाकिस्तान र अफगानिस्तानमा मृत्यु हुनेको संख्य २ सय ६० पुगेकोे छ ।

भूकम्पका कारण घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पबाट पाकिस्तानको खैवर पख्तुन्वा र फाटामा ठूलो क्षति भएको बिबीसीले जनाएको छ ।

भूकम्पबाट एक हजारभन्दा बढी मानिस घाइते भएका छन् भने भत्किएको भवनमा थुप्रै मानिसहरु अझै हराइरहेका छन् । अफगानिस्तानको उतर पुर्वी क्षेत्रमा रहेको हिन्दुकुश पहाडलाई केन्द्रबिन्दु बनाएर हिजो ७ दशमलव ५ रेकटर स्केलको भुकम्प गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु जार्म शहरदेखि ७६ किलोमिटर दक्षिण पश्चिम पहाडी क्षेत्रमा जमिनदेखि २ सय किलोमिटर गहिराइमा रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी