सिरियाली विद्रोही समुहद्धारा रुसको सहयोग अस्विकार

सिरियाली विद्रोही समुहद्धारा रुसको सहयोग अस्विकार

  • सोमवार, कार्तिक ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी ९ कार्तिक ।  

सिरियामा ससस्त्र विद्रोह गर्दै आएका विद्रोही समुह ‘फ्रि सिरियन आर्मी’ ले रुसको सहयोग अस्वीकार गरेको छ । उक्त समुहले आफूहरुलाई रुसको सहयोग आवश्यक नभएको प्रष्ट पारेको छ ।

समूहका प्रवक्ताले रुसमाथि विश्वास गर्न सकिने अवस्था नरहेको भन्दै आफूहरुलाई सहयोग आवश्यक नभएको बताएको बीबीसीले जनाएको छ ।

‘फ्रि सिरियन आर्मी’लाई अमेरिकासहित अन्य पश्चिमी देशको समर्थन प्राप्त छ । उक्त समूहले सिरियाली राष्ट्रपति बसर अल असदको सेनाविरुद्ध विद्रोह गर्दै आएको छ ।

यसअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस फ्रि सिरियन आर्मीलाई उग्रवादी समूह इस्लामिक स्टेटविरुद्धको युद्धमा सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

तर यसका लागि सिरियाली विद्रोहीको वास्तविक अवस्थाका बारेमा अमेरिकाले आफूलाई जानकारी गराउनुपर्ने रुसको शर्त थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी