म्यानमारमा आगामी महिना हुन लागेको संसदीय निर्वाचनको तयारीे अन्तिम चरणमा

म्यानमारमा आगामी महिना हुन लागेको संसदीय निर्वाचनको तयारीे अन्तिम चरणमा

  • आइतवार, कार्तिक ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

म्यानमारमा आगामी महिना हुन लागेको संसदीय निर्वाचनको तयारी लगभग पूरा भएको र सो तयारीको अन्तिम चरण जारी रहेको निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार आगामी नोभेम्बरको ८ तारिखमा हुन लागेको सो ऐतिहासिक निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन् ।

करिब दुई दशकपछि म्यानमारमा राजनीतिक दलहरुको बृहत् सहभागितामा संसदको निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अध्यक्ष उ तिन आयले सो निर्वाचनका लागि ६ हजार ६५ जनाले उम्मेदवारी दिएका जानकारी दिनुभयो । विगतका निर्वाचनहरुका भन्दा यो उम्मेदवार सङ्ख्या रहेकोमा ८०० जना महिला उम्मेदवार रहेका छन् भने निर्वाचनमा ९१ वटा राजनीतिक दलले सहभागिता जनाएका छन् । त्यस्तै ३१० वटा स्वतन्त्र व्यक्तिले पनि सो निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

४० हजार ५१६ मतदान केन्द्र राखिएको म्यानमारमा देशभरका केन्द्रीय र क्षेत्रीय गरी चार तहका संसदमा छानिले १ हजार १६३ स्थानका लागि नोभेम्बर ८ मा मतदान हुनेछ । सो निर्वाचनमा मतदान गर्ने वैधानिक मतदाताको सङ्ख्या तीन करोड ५० लाख रहेको छ ।

त्यसैगरी म्यानमारको निर्वाचन आयोगले यस पटकका लागि विदेशमा रहेका नागरिकबाट पनि मतदानको व्यवस्था मिलाएको छ । त्यसका लागि करिब ४४ वटा देशका दूतावासमा पनि मदतानका लागि मत पेटिका राखिएको जनाइएको छ ।

यस निर्वाचनमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले पनि प्रतिस्पर्धा गर्दै हुनहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी