एजेन्सी,७ कात्तिक ।
नाइजेरियामा बम बिस्फोटनमा परी ४२ जनाको मुत्यु भएको छ । उत्तरपूर्वी नाइजेरियाको योला र मैदुगुरी शहरमा भएका दुई छुट्टा छुट्टै बम बिस्फोटनमा परी ४२ जनाको मुत्यु संगै एक सय भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
योला शहरमा नयाँ बनेको मस्जिदलाई लक्षित गरी भएको आत्मघाती बम बिस्फोनमा २७ जनाको र त्यअघि मैदुगरीमा भएको आत्मघाती बम आक्रमणमा परी १५ जनाको मुत्यु भएको छ ।
बिस्फोटनको जिम्मेवारी हालसम्म अहिलेसम्म कसैले पनि लिएको छैनन । तर उत्तरपूर्वी नाइजेरियामा इस्लामिक बिद्रोही संगठन बोको हरामले नै बिस्फोट गराएको आशंका गरीएको बिबिसीले उल्लेख गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline