भारत पाकिस्तान काश्मिर विवादमा मध्यस्थता गर्न सकिदैन : अमेरिका

भारत पाकिस्तान काश्मिर विवादमा मध्यस्थता गर्न सकिदैन : अमेरिका

  • शुक्रबार, कार्तिक ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं , ६ कार्तिक ।

अमेरिकाले भारत पाकिस्तान काश्मिर विवादमा मध्यस्थता गर्न नसक्ने बताएको छ । यो मामिलामा अमेरिकाले कुनै नयाँ नीति नल्याएका करण पनि अहिलेको अवस्थामा मध्यस्थता गर्न नसकिने बताएको हो ।

अमेरिकी राष्ट्रपति बराक ओबामा र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ बीचको भेटपछि अमेरिकी प्रशासनले यो धारण सार्वजनिक गरेको हो ।

अमेरिकाले लश्करे तोइबा र अन्य आतंकवादी समूहको कारवाहीलाई भने पाकिस्तानलाई सघाउने प्रतिवद्धता दोहोर्याएको वीवीसीले जनाएको छ ।

अमेरिकाले भारत र पाकिस्तानका बीचमा देखिएको अहिलेको विवाद दुईपक्षीय भएका कारण भारत र पाकिस्ताननै सक्रिय हुनु पर्ने बताएको हो ।

राष्ट्रपति ओबामासंगको भेट पछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले काश्मिरको विवादमा भारत र पाकिस्तानबीच कुनै छलफल हुन नसकेका करण मध्यस्थताको आवश्यकता परेको बताएका छन ।

मध्यस्थकर्ता खोज्ने कुरामा भारत पनि सहमत हुनु पर्ने प्रधानमन्त्री शरीफले बताएका छन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी