एजेन्सी,४ कात्तिक ।
अमेरिका र रुस सिरियामा बिद्रोही समुह इस्लामिक स्टेट आइएस विरुद्धको हवाई आक्रमणलाई व्यवस्थित गर्न सहमत भएका छन ।
अमेरिका र रुस दुवै देशका सैनिकले सिरियामा आइएस विरुद्ध छुट्टा छुट्टै हवाइ आक्रमणलाई जारी राखेका छन ।
यसरी हवाइ आक्रमणको क्रममा एक अर्काका लडाकु विमान नै निशानामा पर्न सक्ने खतरालाई मध्यनजर गर्न अमेरिका र रुसबीच हवाई आक्रमण व्यवस्थित गर्ने सहमति भएको हो ।
आइएस विरुद्धको हवाई आक्रमणको विषयलाई लिएर अमेरिका र रुसबीच विवाद रहँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline