एजेन्सी,३ कात्तिक ।
कोरियाली युद्धमा छुट्टिन पुगेका र उत्तरकोरीया र दक्षिण कोरियामा बस्न बाध्य भएका करिब ४०० जना कोरियाली नागरिकबीच भावपूर्ण मिलन भएको छ ।
ती ४०० जना प्राय बृद्धबृद्धाबीच करिब ६० वर्षपछि पहिलो पटक यो मिलन भएको हो । यति लामो समयपछि पहिलो पटक आफ्ना परिवारसँग भेटघाट गर्न पाएकोमा उनीहरूबीच रुवाबासी भएको थियो ।
उत्तर र दक्षिण कोरियाका नागरिक आपसमा यसरी भएको पुनर्मिलन हरेक दुई वर्षमा हुने गर्दछ र भावनात्मक हुने गर्दछ । उत्तर कोरियाको कुमग्याङ टापूमा दक्षिण कोरियाली नागरिकलाई बसमा राखेर पु¥याइएको थियो ।
दुई देशबीचको निकै धेरै सुरक्षाकर्मीले घेरिएको सीमा सुरक्षा कटाएर उनीहरूको बसलाई पनि सेना र प्रहरीले नै स्कटिङ गरी उक्त स्थानसम्म पु¥याएका बिबिसीले जनाएकोे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline