आईएसको आक्रमणमा ११ को मृत्यु

आईएसको आक्रमणमा ११ को मृत्यु

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी,३ कात्तिक ।

इराकको पश्चिमी प्रान्त अन्बारमा आईएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी मङ्गलबार ११ जनाको मृत्यु भएको समाचार छ ।

प्रान्तीय सुरक्षा स्रोतले सो जानकारी दिएको छ । इराकी सैनिकको एक शिविरलाई लक्ष्यगरी दुईवटा आत्मघाती भीषण आक्रमण भएको जनाइएको छ ।

इराकको राजधानी बग्दाददेखि ५० किलोमिटर पश्चिममा पर्ने फालुजाह सहरमा भएको आक्रमणममा केही सैनिक र अन्य विद्रोहीहरू मारिएका जनाइएको छ ।

भीषण विस्फोटन र आईएस लडाकू र सुरक्षाबलबीचको झडपको कारण अज्ञात सङ्ख्यामा आईएस लडाकू मारिनुको साथै घाइते भएका सो स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणमा मारिएका लडाकूको सङ्ख्या धेरै रहेको बताइएको छ । तर सैनिक भने के कतिको हताहति भयो भन्ने बारेमा केही बताइएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी