सिरियालाई पूर्णरुपमा ध्वस्त हुनबाट बचाउन चाहन्छौँः केरी

सिरियालाई पूर्णरुपमा ध्वस्त हुनबाट बचाउन चाहन्छौँः केरी

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, २ कात्तिक ।

अमेरिकाका विदेशमन्त्री जोन केरीले अमेरिकाले सिरियालाई पूर्ण रुपमा ध्वस्त हुनबाट बचाउने काम गरिरहेको धारणा राख्नुभएको छ ।

उहाँले सिरियालाई पूर्ण रुपमा ध्वस्त हुनबाट बचाउने काम गरिरहेको भन्दै यसका लागि केही समयमै सिरियाको बारेमा बैठक पनि राख्ने योजना बनाएको बताउनु भयो ।

सिरीयामा जारी रहेको द्वन्द्वको समाधानका लागि अमेरिकाले रसिया, साउदी अरेबिया र टर्कीका नेताहरुसँग वार्ता गर्ने भएको छ ।

सिरियामा गएको साढे चार वर्षदेखि द्वन्द्व जारी रहेको छ । सो हिंसामा परी साढे दुई लाख मानिस मारिएका छन् । राष्ट्रपति बसार अल असदको राजिनामा मागगर्दै सुरु भएको आन्दोलन गृहयुद्धमा परिणत भएपछि त्यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमा शरणार्थीका रुपमा जिउन बाध्य छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी