सिरियामा भएको हवाई आक्रमणमा ४० जना विद्रोही मारिए

सिरियामा भएको हवाई आक्रमणमा ४० जना विद्रोही मारिए

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी, २ कार्तिक ।

सिरियामा भएको हवाई आक्रमणमा ४० जना विद्रोही लडाकुको ज्यान गएको छ ।

इस्लामिक स्टेट आइएसका ४० जना लडाकुको कारबाही अभियानमा ज्यान गएको मानव अधिकारवादी संस्था सिरियन अब्जरबेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

संस्थाका अनुसार हामा प्रान्तको पूर्वी भागमा विद्रोही विरुद्ध भएको कारबाही अभियानमा उनीहरु मारिएका हुन् ।

विद्रोही विरुद्ध सिरिया वा रुसी विमानमार्फत अभियान चलाइएको हुन सक्ने वीवीसीले जनाएको छ ।

सिरियामा लामो समयदेखिको गृहयुद्धका कारण २ लाख ५० हजारको ज्यान गैसकेको छ । हजारौं घाइते भएका छन् ।

लाखौ विस्थापित भएका छन् । विस्थापित मध्ये धेरै जोखिमपूर्ण समुन्द्रको बाटो हुँदै युरोप प्रवेश गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी