एजेन्सी, ३० असोज ।
हंगेरीले क्रोयसियासँगको आफ्नो सीमानाका बन्द गरेको छ । आप्रवासीहरुलाई प्रवेशमा रोक लगाउन का लागि उक्त सिमा बन्द गरेको जनाइएको छ ।
आफ्नो देशमा आउन चाहने शरणार्थीलाई हंगेरीले स्लोभानियातर्फ पठाइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
हंगेरी आप्रवासीहरुका लागि यूरोप प्रवेश गर्ने एक महत्वपूर्ण प्रवेश बिन्दू हो । आप्रवासीलाई आफ्नो देशतर्फ पठाइएपछि स्लोभानियाले भने क्रोयसियासँगको रेल सेवा नै बन्द गरिदिएको बिबीसीले जनाएको छ ।
अधिकांश आप्रवासीहरु हंगेरीको बाटो भएर अष्ट्रिया र जर्मनीतर्फ छिर्ने गरेकाछन् । यसअघि हंगेरीले सर्बियासँगको सीमा पनि बन्द गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline