मैदुगुरी, २९ असोज । उत्तरपूर्वी नाइजेरियाको मैदुगुरीमा अवस्थित एक मस्जिदमा भएको दुई आत्मघाती आक्रमणमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
नाइजेरियाको राष्ट्रिय आकस्मीक व्यवस्थापन निकायले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार गराइएको यस आत्मघाती बम आक्रमणमा परी ३० जनाको मृत्यु हुनुको साथै अन्य ३२ जना घाइते भएका बोनो प्रान्तको एक अस्पताल स्रोतले जानकारी दिएको छ ।
घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक भएको पनि सो स्रोतले थप जानकारी दिएकोे छ । यस समाचारको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
दुई जना महिलाले आफैमाथि बम पड्काएर मस्जिदमा प्रार्थनामा रहेका व्यक्तिमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline