काठमाडौ २९ असोज ।
आप्रवासी समस्या समाधानका लागि टर्कीसँग सम्झौता गर्न युरोपेली संघ इयुका नेताहरु तयार भएका छन् ।
बेल्जियमको राजधानी ब्रसेल्समा बसेको युरोपेली संघको बैठकले टर्कीसँगको सम्झौतापछि आप्रवासी समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
आप्रवासीको संख्या नियन्त्रण गर्न टर्कीले युरोपेली संघसँग माग राखेको थियो । यो वर्ष करिब ६ लाख आप्रवासी समुद्री मार्ग हुँदै युरोप प्रवेश गरेकामा अधिकांश टर्कीबाट ग्रिसको बाटो हुँदै गएका थिए ।
टर्कीले आफ्नो मुलुकलाई तीन विलियन युरो सहयोग गर्नुपर्ने र टर्कीका नागरिकले चाहेको अवस्थामा युरोपेली मुलुकले सहज भिसा उपलब्ध गराउनुपर्ने माग पनि गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline